दिपक ज्ञवाली
गुल्मी भदौ २३
४० औ शिक्षा दिवसको अबसरमा गुल्मीको रुरु क्षेत्र गाउपालीका वडा नम्बर १ अन्तर्गतका सम्पुर्ण बिद्यालयहरुको उपस्थितिमा रिडि माध्यमिक बिद्यालयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
हामी सबैको प्रण ,सार्वजनिक शिक्षाको सबलीकरण भन्ने मुल नाराको साथ दिवस मनाइएको छ । संस्कृत साधारण माध्यमिक बिद्यालयका प्रधानाध्यपक भोजराज गौतमको अध्यक्षता , वडा नम्बर १ का वडाध्यक्ष तथा शिक्षा समिति अध्यक्ष रामलाल बिकको प्रमुख आथित्यता रहेको थियो ।
गाउकार्यपालीका सदस्य भगवति बिक, वडा भित्रका सम्पुर्ण बिद्यालयका प्रधानाध्यपक तथा शिक्षक हरुको कार्यक्रममा आथित्यता रहेको थियो । कार्यक्रम रिडि माध्यमिक बिद्यालयका प्रधानाध्यपक रोहित प्रसाद भण्डारीको सन्चालनमा सम्पन्न भएको थियो ।
यस्तै सरस्वती माध्यमिक बिद्यालय छत्रकोट गाउपालीका वडा नम्बर ३ भेडुवा गुल्मीमा पनि शिक्षा दिवसको अबसरमा बिभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन । शिक्षक ,बिद्यार्थी सहित प्रभातफेरि कार्यक्रम सगै बिद्यार्थी प्रतिभा प्रर्दशन कार्यक्रम गरिएको हो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक भुवन टण्डनको अध्यक्षता , बिद्यालय व्यवस्थापन समिति अध्यक्ष झक बहादुर मिदुनको प्रमुुख आथित्यता रहेको थियो ।
शिक्षक डिल बहादुर थापा र प्रमुख अतिथि झक बहादुर मिदुनले शिक्षा दिवसको अबसरमा बिशेष मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सन्चालन शिक्षक डेलराज खनालले गर्नुभएको थियो । प्रधानाध्यापक भुवन टण्डनले मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।