अनिल खत्री
२३ भदौ, गुल्मी
गुल्मीको सदरमुकाम तम्घास बजारमा सिसीटिभी क्यामरा जडान बैंकहरुले आर्थिक सहयोग गरेका छन् ।
बजारका अति संबेदनशिल स्थानमा सिसीटिभी जडान गर्न जिल्ला सदरमुकाम तम्घासमा रहेका ५ वटा बैंकहरुले एकैपटक आर्थिक सहयोग गरेका छन् ।सिसीटिभी जडान गर्न सदरमुकाम तम्घासमा रहेको ग्लोवल आईएमई बैंक, प्रभू बैंक, मेघा बैंक, नेपाल एसबी आई बैंक, मुक्तिनाथ बैंकले आर्थिक सहयोग गरेका हुन् । बैंकहरुमध्ये ४ वटा बैंकहरुले २५ हजार का दरले र एउटा बैंकले १० हजार गरि १ लाख दश हजारको चेक गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई बैंकका जिल्ला शाखा प्रमुखहरुले चेक हस्तातरण गरेको ग्लोबल आईएमई बैंकका तम्घास शाखा प्रमुख योगेन्द्र रायमाझीले बताए ।
अपराध नियन्त्रण र शान्ति सुरक्षा मजबुत बनाउने उदेश्यले सिसीटिभी क्यामरा जडान गर्न थलनी भइरहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । क्यामरा जडानको लागि जिल्ला प्रशासनको अगुवाईमा बिभिन्न संघ संस्थाको सक्रियतामा जडान कार्य भइरहेको छ । हाल बजारका अति शंबेदनशिल स्थानका ८ वटा ठाउँमा जडान भएको छ । बजारका बिभिन्न २५ वटा स्थानमा राख्नको निम्ति आर्थिक शंकलन कार्य गरिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । त्यसको निम्ति सदरमुकाम तम्घासमा रहेका ४५ वटा बैक तथा बिभिन्न बित्तिय संघ संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
संस्थाहरुले प्रतिबद्धता जनाएका अनुसार बैंकहरु २५ हजारका दरले र अन्य संघ संस्थाले संस्थाको अबस्था हेरिकन सहयोग गर्ने क्रम चलिरहेको छ । सिसीटिभी जडान गर्न झण्डै १ दर्जन बैंकहरुले सहयोग गरिसकेका छन् । बजार क्षेत्रमा सिसी क्यामरा जडानसँगै शहरी क्षेत्रमा शान्ति सुरक्षा व्यवस्थालाई सहयोग पुराउने उदेश्य राखिएको छ । सिसीटिभी क्यामरा जडानले अपारध नियन्त्रणमा सहयोग पुग्ने र व्यवसायीहरुले आफना व्यवसाय गर्न ढुक्कसँग गर्न पाउने व्यवस्थालाई मिलाउन सहयोग गर्ने प्रशासकीय अधिकृत पाण्डेयले बताए । क्यामरा जडानको लागि आर्थिक संकलन सुरुवात भइरहेको र संकलित आर्थिक रकमबाट छिट्टै जडान गरिने पौडेलले बताए ।
बजारका केहि स्थानमा जडान भएका सिसीटिभी क्यामराको प्रदेश नम्बर ५ का मुख्यन्त्री शंकर पोखरेलले नियन्त्रण कक्षको उद्घाटन गरेका थिए । हाल जडान भएका सिसि क्यामराबाट प्रहरीलाई बजारका बिभिन्न गतिबिधी हेर्न र लिनको निम्ति अपराध नियन्त्रण र शान्ति सुरक्षा मजबुत बनाउन सहज भएको छ ।