अनिल खत्री
२७ भदौ, गुल्मी
सशस्त्र प्रहरीले सचेतना कार्यक्रम लिएर गुल्मीका बिद्यालयमा बिद्यार्थी पढाउन सुरु गरेको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका तम्घासमा रहेको सिद्धबाबा माध्यमिक बिद्यालयमा सशस्त्र प्रहरी वल गुल्म गुल्मीले लागु औषध दूव्यसनी तथा बिपत व्यावस्थापन सम्बन्धीसचेतना कार्यक्रम सुरु गरेको हो ।शुक्रवार सिद्धबाबा माध्यमिक बिद्यालयमा ‘ज्ञानिसँग हाम्रा नानी’ कार्यक्रम अन्र्तगत प्रहरीले बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुसँग सचेतना कार्यक्रम गरेको थियो । सचेतना कार्यक्रममा सशस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्षक बिनोदराज खनालले बिद्यार्थीहरुलाई लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धी जनचेतना मुलक प्रस्तुतिहरु राखेका थिए ।
बिद्यार्थी र प्रहरी बिच साथित्वको भावना जगाउँदै लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धी प्रर्शिक्षण कार्यक्रम राखिएको प्रमुख प्रहरी नायव उपरिक्षक खनालले बताए । बिद्यार्थीहरुलाई बिपद भनेको के हो, बिपद आउँदा कसले के भुमिका निर्वाह गर्ने, विपदको समयमा आफुले कसरी भुमिका निर्वाह गर्न सकिन्छ र बिपदको समयमा अपनाउन सकिने संयमताको बिषयमा जानकारी गराइएको थियो । बिद्यार्थीहरुलाई जनचेतना मुलक कार्यक्रममा बिपत व्यावस्थापन सम्बन्धी सशस्त्र प्रहरीले गरेका बिभिन्न उद्धार तथा सकरात्मक कामहरु बारेमा पनि जानकारी गराइएको थियो ।
लागु औषधको दुव्यसनीले समाज पार्ने नकरात्मक असरहरु तथा बिपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भुमिका र नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्ने जस्ता बिषयमा सशस्त्र प्रहरीले बिद्यार्थीहरुलाई जनचेतना अभियान अन्र्तगत कार्यक्रम गरेको प्रहरी नायव उपरिक्षक खनालले बताए ।
स्कुल कार्यक्रमबाट बिद्यार्थीहरुलाई बिपद बारे जानकारी गराउदै लागु औषध दूव्यसनीमा फस्न नदिन तथा समाज सुधारमा महत्वपूर्ण निर्वाह गर्ने उदेश्यले राखिएको खनालले बताए । बिद्यार्थीहरु लाई लागू औषध भनेको के हो, लागू पदार्थ सेवन गर्दा का बेफाईदाहरु, समाज मा कस्ता असर पार्छ र कानुनी अबस्थाको बारेमा पनि जानकारी गराइएको थियो ।
लागु औषधको यस्तो बढ्दो प्रयोग र समाजमा यसले पार्ने नकारात्मक प्रभाबका कारण यसलाई सामाजिक अपराधका रुपमा लिईएको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराइएको थियो । प्रहरीले तम्घासकै उपल्लो तम्घास माबिमा पनि शुक्रवार नै सचेतना कार्यक्रम राखेको थियो ।