राधा पोख्रेल, गुल्मी
भदौ २९ –
श्रृङगा जनता माध्यमिक बिद्यालय छत्रकोट ४ श्रृङगा गुल्मीमा राष्ट्रिय बाल दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।
प्री प्राइमरी तर्फ चकलेट दौड र बेलुनफोड प्रतियोगिता, प्राथमिक तहतर्फ हाजिरिजवाफ प्रतियोगिता तथा मावि तर्फ बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएका छन ।प्रधानाध्यापक बिकास चन्द्र खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि छत्रकोट गाउपालीका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बिश्नु प्रसाद ज्ञवाली रहनुभएको थियो । कार्यक्रममा बिभिन्न प्रतिस्पर्धामा सहभागि भइ प्रथम ,द्धितिय र तृतिय हुने बिद्यार्थिहरुलाई प्रमुख अतिथि र अध्यक्षले पुरस्कार प्रदान गर्नुभएको थियो । शिक्षक रमेश पन्थको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन शिक्षक पशुपति कडेल र हरिकृष्ण ज्ञवालीले गर्नुभएको थियो ।
यस्तै रिडि माध्यमिक बिद्यालय रिडि गुल्मीले पनि बाल दिवस बिभिन्न कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा बिद्यालयले बाल दिवस सम्वन्धी प्रतियोगितात्मक कार्यक्रम गरेको हो । प्रतियोगितामा प्रथम कक्षा ११ की निर्मला विक , द्धितिय कक्षा ८ की कुसुम नेपाली , तृतिय कक्षा ६ की ममता कुवर र सान्तना कक्षा १० का जस्बिन खासु र कक्षा ११ का बिज्ञान थैबा भएका छन । कार्यक्रममा बाल क्लबका अध्यक्ष कृति श्रेष्ठको अध्यक्षता, बिद्यालयका प्राचार्य रोहित भण्डारीेको प्रमुख आथित्यता रहेको बिष्णु प्रसाद भण्डारीले खबर पठाउनुभएको छ ।
यस्तै बाल दिवसको अबसरमा सरस्वति माध्यमिक बिद्यालय छत्रकोट ३ भेडुवा गुल्मीमा पनि बिभिन्न कार्यक्रमहरु गरिएको छ । बिहान प्रभातफेरि गरिएको थियो । प्रभातफेरि पछि सडक नाटक प्रदर्शन गरिएको थियो ।यस्तै कक्षा ९ र १० को ट्यालेन्ट सो प्रतियोगिता गरिएको थियो । जसमा कविता वाचनमा करिश्मा टण्डन प्रथम, नृत्यमा मोनिका ढेगा द्धितिय र क्यारीकेचरमा प्रेम घर्ति तृतिय भएका छन । यस्तै कक्षा ६ देखि ८ सम्मको हाजिरिजवाफ प्रतियोगितामा एल्लो हाउस प्रथम ,ग्रिन हाउस द्धितिय र रेड हाउस तृतिय भएका छन । यस्तै कक्षा ४ र ५ को घैटोफोरमा सन्जोक महोत्रा प्रथम भएका छन । यस्तै कक्षा १ देखि ३ सम्मको बेलुन ब्लास्ट प्रतियोगितामा प्रयास सारु प्रथम,निसान परियार द्धितिय र आरति झेडि तृतिय भएका छन । बाल क्लबका अध्यक्ष रमेश बिकको अध्यक्षता,प्रधानाध्यपक भुवन टण्डनको प्रमुख आथित्यता रहेको कार्यक्रमको सन्चालन बाल क्लवका सआचिव श्रेया अधिकारीले गर्नुभएको थियो ।
यस्तै गुल्मीको रुरु क्षेत्र गाउपालीका वडा नम्बर १ भड्कुवाको भड्कुवा आधारभुत बिद्यालयले पनि बाल दिवस मनाएको छ ।दिवसको अवसरमा कक्षा १ देखि ३ सम्मको म्युजिकल चियर प्रतियोगिता र कक्षा ४ देखि ८ सम्मको कविता , रचना तथा वाचन प्रतियोगिता गरिएको थियो । बिद्यालयका प्रधानाध्यपक माधव प्रसाद घिमिरेको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन शिक्षक दिपक ज्ञवाली र धन बहादुर रानाले गर्नुभएको थियो ।