कालीदास आत्रेय
गुल्मी ,भदौ २९ –
दौघाहरि प्राथमिक बिद्यालय छत्रकोट ६ मोहरे गुल्मीमा बालदिवसको अवसरमा अन्तर सदनात्मक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
जसमा केजि ,१ र २ को समुहमा प्रथम आषिस परियार बुद्ध सदन, द्धितिय लक्ष्मी सुनार भृकुटि सदन ,तृतिय रुसिका घर्ति सिता सदन भएका छन ।तेस्तै कक्षा ३ ४ र ५ को समुहमा प्रथम समिर परियार अरनिको सदन , द्धितिय एलिना बिक सिता सदन , र तृतिय मेनुका नेपाली अरनिको सदन भएका छन ।कार्यक्रम बिद्यालयका प्रधानाध्यपक कालीलास आत्रेयको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस्तै सुनिश्चित बाल अधिकार ,समृद्ध नेपालको आधार भन्ने मुल नाराको साथ नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय छत्रकोट ६ दौघा गुल्मीमा बिबिध कार्यक्रम गरि राष्ट्रिय बाल दिवस मनाइएको छ । सो अवसरमा कक्षा ४र ५ को मेमोरि गेम प्रतियोगिता र कक्षा ६ देखि १० सम्मको बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।जसमा विपना सारु प्रथम,तिर्सना सोमरे द्धितिय, मुस्कान नेपाली तृतिय र बिक्रम सोमरे सान्तना भएका छन । बिद्यालयका सहायक प्रधानाध्यपक कृष्ण प्रसाद भुषालको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको निर्णायक मण्डलमा शिक्षकहरु युवराज काफ्ले ,तिर्थराज पौड्याल र शान्ता पुन रहनुभएको थियो ।
कार्यक्रमको सन्चालन माधव प्रसाद घिमिरेले गर्नुभएको थियो ।