अर्घाखाची
भदौ २९ –
नेपाली काँग्रेसको द्रोसो चरणको जागरण अभियान अन्तर्गत अर्घाखाचीको पाणिनि गाउँपालिकाको धातिवाङ्गमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता चन्द्र केसीले नेपाल हिन्दु राष्ट्र हुनुको विकल्प नरहेको बताएका छन् । जागरण अभियानका केन्द्रीय प्रतिनिधि समेत रहेका केसीले जनताको भावना बुझेर काँग्रेस अगाडि बढ्ने बताए ।
कार्यक्रममा पुर्वमन्त्री रेवतिप्रसाद भुसाल, जिल्ला सभापति विष्णु मुस्कान, पुर्व सभापति कमल भुसाल, काँग्रेसका नेता हिम्मत टण्डन, जिल्ला सचिव छविलाल पौडेल, सितगंगा नगरपालिकाका प्रमुख सुर्य अधिकारी, क्षेत्रिय सभापति अच्युत गौतम, चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, महासमिति सदस्य केशव श्रेष्ठ, यादव घिमिरे, जिल्ला सदस्य ज्ञानबहादुर विक, चन्द्रा गैरे, महिला नेतृ अम्बिका पोख्रेल, नेपाली काँग्रेस मालारानी संयोजक शोभाखर खनाल, मगर संघका प्रदेश सदस्य दिनेस घर्ति मगर लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रम पाणिनि गाउँपालिका वडा नं। ६ का वडा अध्यक्ष शुभबहादुर सारूको अध्यक्षता, महिला संघ जिल्ला सदस्य जानका पौडेलको स्वागत र घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । जागरण अभियान भोलि पाणिनिको पालिमा हुने आयोजकले जनाएको छ ।