प्रेमनारायण आचार्य
सन्धिखर्क ३० भदौ –
अर्घाखाँचीको पाणिनि गाँउ पालिकामा तत्कालिन एकिकृत नेकपा माओवादीका वडा अध्यक्ष र सदस्य पदका उम्मेद्धार सहित ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रबेस गरेका छन ।
पाणिनि गाँउ पालिका वडा नम्वर ८ पालीमा स्थानीय तहको निर्बाचनमा तत्कालिन एकिकृत माओवादीबाट वडा अध्यक्षका उम्मेद्धार नुर मोहमद अलि र सदस्यका उम्मेद्धार मधु पन्त सहितका ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रबेस गरेको नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु खनाल (मुस्कान) ले जानकारी दिनु भयो । नेपाली काँग्रेस अर्घाखाँचीले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियान अन्तर्गत आज पालीमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि उनीहरु काँग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमले बताउनु भयो ।
एमाले र तत्कालिन माओवादी मिलेर बनेको नेकपा जनतामुखी हुन नसकेको , विकासका काममा पक्षपात पुर्ण ब्यहार गरेको , भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र आफ्नो गाँउको विकासमा दुइ तिहाइको सरकारले कुनै पहल नगरेको भन्दै आफुहरु कांग्रेसमा प्रबेस गरेको तत्कालिन एमाओवादीबाट वडा अध्यक्ष पदका उम्मेद्धार नुमहमल अलिले बताउनु भयो ।
आफ्ना समस्या र स्थानीय स्तरका विकासमा आफुहरुलाइ नेपाली कांग्रेसले साथ र सहयोग गरेको र जनताको पाटी नेपाली कांग्रेस भएकाले कांग्रेसमा प्रबेस गरेको तत्कालिन एकिकृत माओवादीबाट वडा सदस्य पदका उम्मेद्धार मधु पन्तले जानकारी दिनु भयो । नवप्रवेशीहरूलाई नेपाली कंग्रेसका नेता चन्द्रबहादुर केसी, पुर्वमन्त्री रेवतिप्रसाद भुसाल, पार्टी सभापति विष्णु मुस्कान, पुर्व सभापती कमल प्रसाद भुसाल, क्षेत्रीय सभापति अच्युत गौतम लगायतले प्रवेश गराउनु भएको हो ।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि चन्द्र केसी, पुर्व मन्त्री रेवति भुसाल, सभापति विष्णु मुस्कान, पुर्व सभापति कमल भुसाल, काँग्रेस नेता हिम्मत टण्डन, उपसभापति शान्ता भण्डारी, क्षेत्रिय सभापति अच्युत गौतम लगाएले मन्तव्य राख्दै यो लहरनै सरकारलाई गतिलो जवाफ भएको बताएका छन । बहालवाला सत्ताधारी पार्टी छाडेर कंग्रेसमा प्रवेश गर्नुनै सरकारको अलोकप्रीयता प्रष्ट देखिने उनीहरुको भनाई छ ।
कार्यक्रम, पाणिनि–८ पालिका वडा अध्यक्ष यज्ञप्रसाद पौडेलको अध्यक्षता, खबर महमद अलिको स्वागत र काँग्रेस जिल्ला सदस्य पिताम्बर खनालको सञ्चालनमा सम्पन्न भएको हो । भोलि जागरण अभियान अड्गुरीमा हुने आयोजकले जनाएको छ ।