चुरामणि तिमिल्सीना
गुल्मी ,असोज २ –
संबिधान दिवसको पुर्व सन्ध्यामा रुरु क्षेत्र गाउपालीका वडा नम्बर १ गुल्मीले सरसफाई गरेको छ ।

बिभिन्न संघसस्थाको समन्वयमा रिडि बजार तथा सामाजिक क्षेत्रहरुमा सरसफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रमको समापन मा बोल्दै वडा नम्बर १ का अध्यक्ष रामलाल बिकले सबिंधान दिवसलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।
सरसफाई कार्यक्रममा जनप्रतिनिधी , संघसस्थाका प्रमुखहरु पत्रकार ,महिला समुह,सुरक्षा निकाय ,स्थानिय लगायतको सहभागिता रहेको थियो ।

आज बिहान ११ बजे बाजागाजा सहित रिडि बजार परिक्रमा गरि रिडि माध्यमिक बिद्यालयमा पुगेर कोण सभा गरिने प्रतिनिधि चुरामणि तिमिल्सीना ले जानकारी दिनुभयो ।