हुमाकान्त पोखरेल
गुल्मी, ०२ असौज
रेसुगां नगरपालिका १ स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा प्रध्यानाध्यापकको विषयलाई उच्च अदालत, बुटबलले अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम हाललाई केशर बहादुर थापालाई प्रध्यानाध्यापकमा पुनर्बहाली गरी कामकाज गर्नेगरी अदालतले अन्तरिम आदेश जारी गरेको हो । न्यायधिस हरीप्रसाद पौड्याल र जितेन्द्र झाको संयुक्त इजलासले विपक्षिहरुका नाममा आदेश जारी गर्दै साउन ९ गते र भदौ १४ गतेको व्यवस्थापन समितिले गरेको सबै निर्णयहरु कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।
केशर बहादुर थापा पहिल शिक्षा नियमावली २०५९ को दफा ९३ अनुसार २०६५ असौज ९ गते व्यद्यालय व्यवस्थापन समितिको सिफारिसमा तत्कालिन जिल्ला शिक्षा कार्यालयको नियुक्तिमा प्रध्यानाध्यापक भएका थिए । भने ज्ञवाली गत साउन ९ गतेको विद्यालय व्यवस्थापन समितिको बैठकबाट प्रध्यानाध्यापकमा नियुक्ति भएका थिए । ज्ञवालीलाई प्रअ बनाउने निर्णयलत्तै विद्यालय व्यवस्थापन समितिको निर्णयविरुद्ध शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिका सदस्यले नै नगरपालिकामा उजुरी दिएका थिए ।
नगरपालिकाले विद्यालय व्यवस्थापन समितिले प्रक्रिया विपरित ज्ञवालीलाई प्रध्यानाध्यापक बनाउने निर्णय बदर गर्दै केशर बहादुर थापालाई नै पुर्नबाहली गर्ने पत्र पठाएको थियो । तर नगरपालिकाको पत्र विद्यालय व्यवस्थापन समितिले कार्यान्वयन नगरी ज्ञवालीलाई नै कामकाज संचालन गर्न दिएको थियो ।
थापाले भने आफु प्रध्यानाध्यापक हुन पाउने माग राख्दै उच्च अदालत बुटबलमा रिट निवेदन दर्ता गरेका थिए । रेसुगां नगरपालिका, जिल्ला शिक्षा तथा समन्वय इकाई, प्रअ ज्ञवाली, विद्यालय व्यवस्थापन समिति, छनोट समिति र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई विपक्षि बनाएर आफुले रिट निवेदन दर्ता गरेका थिए ।
सोहि रिट निवेदनमाथि बुधबार बहस भएको थियो । यससम्बन्धमा विद्यालय व्यवस्थापन सदस्य अखिलेश्वर प्रसाद पाण्डेले सम्मानित उच्च अदालतको आदेश पालना गर्ने बताए ।
सोहि रिट निवेदनमाथि बुधबार बहस भएको थियो ।