गुल्मी
असोज ३ –
“संबिधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔ, घर घरमा राष्ट्रिय झण्डा फहराऔ, घरघरमा दिपावली गरौ” भन्ने
मूल नाराका साथ संबिधान दिवस तथा राष्ट्रिय दिवस चन्द्रकोट गाउँपालिकाले हर्षोल्लासका साथ मनाएको छ ।
कार्यक्रममा चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोण बहादुर खत्रीको अध्यक्षता , जिल्ला समन्वय समितिको सदस्य चेतन बस्नेतको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी ,शिक्षक, बुद्धिजीवी, समाजसेवी, राजनीतिज्ञ, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,पत्रकार,सरोकारवाला निकाय, सुरक्षा निकाय तथा सम्पूर्ण चन्द्रकोटबासी को उपस्थिति रहेको थियो ।
संबिधान दिवसकै अवसरमा हिजो बिहिबार सम्पूर्ण सरकारी कार्यालय, संघ संस्थाको कार्यालय, बिद्यालय, क्याम्पस तथा घरघरमा सरसफाई गरी राष्ट्रिय झण्डा फहराइएको छ ।
त्यसै अवसरमा “स्वस्थ जीवनको लागि दौड” भन्ने मूल नाराको साथ खुला चन्द्रकोट मिनी म्याराथुन प्रतियोगिता गरिएको थियो । उक्त प्रतियोगितामा २४ जना सहभागी हुनु भएको थियो । सम्पूर्ण सहभागीलाइ सहभागिता प्रमाण पत्र प्रदान गरिएको थियो ।
जसमा बरेंङ्ग गाउँपालिका ३ बागलुङ्ग का प्रवेश चुदारा प्रथम, चन्द्रकोट ४ शान्तिपुरका भीमसेन थापा द्धितिय र चन्द्रकोट ४ शान्तिपुरका सन्जय बोहोरा तृतिय हुनु भएको थियो ।
त्यसैगरी साँझ सम्पूर्ण सरकारी कार्यालय, संघ संस्थाको कार्यालय, बिद्यालय, क्याम्पस तथा घर घरमा दिप प्रज्वलन गरिएको थियो ।
यस्तै असोज ३ गते आज प्रभात फेरी कार्यक्रम गरिएको थियो जुन कार्यक्रममा पन्चे बाजा, भजन लाखे नाच तथा विभिन्न झाकी प्रदर्सन गरि बजार परिक्रमा गरिएको थियो ।
कार्यक्रम मा सम्पूर्ण जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी ,शिक्षक, बुद्धिजीवी, समाजसेवी, राजनीतिज्ञ, संघ९संस्थाका प्रमुख तथा प्रतिनिधि,पत्रकार,सरोकारवाला, सुरक्षा निकायतथा सम्पूर्ण चन्द्रकोटबासीको उपस्थिति रहेको थियो ।
असोज ३ गतेको कार्यक्रममा मावि ११ र १२ स्तरीय “संबिधान र मेरो कर्तव्य” शिर्षकमा वक्तृत्वकला प्रतियोगिता,संबिधानसंग सम्बन्धित साहित्यिक गोष्ठी प्रवचन कार्यक्रम, विभिन्न जातजातिको झाकी, पन्चेवाजा तथा भजन गरिएको छ
वक्तृत्वकला प्रतियोगितामा प्रथम ज्ञानोदय मावि चन्द्रकोट८ कि छात्रा रमा पाण्डे , द्धितीय सारदा मावि चन्द्रकोट १ दिब्रुंग को छात्र श्रीराम गौतम र तृतीय उदय मावि शान्तिपुर कि छात्रा सुष्मा बस्याल हुनु भएको थियो ।
वक्तृत्वकला प्रतियोगिता शिक्षक देवेन्द्र शाह को संचालनमा भएको थियो ।
साहित्यिक गोष्ठीमा कवि तथा शिक्षक श्यामलाल गौतम, शिक्षक तुलसीराम गौतम, युवा साहित्यकार तथा शिक्षक सागर पौडेल तथा शिक्षक महेन्द्र प्रसाद गौतमले कबिता वाचन गर्नु भएको थियो ।
साहित्यिक कार्यक्रममा विभिन्न ब्यक्तित्वहरु, राजनीतिज्ञ, संघसस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
आजकै कार्यक्रममा वक्तृत्वकला तथा म्याराथुन कार्यक्रमका प्रतियोगी तथा सहभागी हरुलाई पुरस्कार वितरण गरियको थियो ,कार्यक्रम दिल बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।