चुरामणि तिमिल्सीना
गुल्मी ,असोज ४ –
रुरु धाम रिडिमा भाद्र २८ गते देखि सन्चालन भैरहेको बृहत महायज्ञ को शुक्रबार सातौ दिनको यज्ञ पनि भब्य रुपले सम्पन्न भएको छ ।
प्रमुख बाचक बाल्योगेसोर महाराजले संगीत तथा लिलामय कथा प्रबचन गर्नुभएको थियो ।कार्यक्रममा पित्री को सम्झना गर्दै सिदादान ,अन्न दान , दक्षिणा तथा अन्य दान गर्नेको घुइँचो लागेको थियो। यहाँ प्रदेस न ५ का सबै जिल्ला तथा अन्य जिल्ला बाट पनि भक्तजनहरुले कार्यक्रमको अबलोकन गरेका छन । शुक्रबार सन्चालित कार्यक्रममा प्रमुख अतिथी तानसेन नगरपालिका का नगर प्रमुख असोक कुमार साही रहनुभएको थियो ।
शाहीले कार्यक्रममा बोल्दै रुरु धाम रिडिको समग्र बिकाश गर्न सबै तह र तप्काबाट एक जुट हुनुपर्नेमा जोड दिनुभएको थियो । साथै यहाँ पर्यटकको दैनिक आवागमन बढाउनको लागि नगरपालिका लागेको बताउनुभएको थियो ।
दैनिक रूपमा यहाँको महिमा बढाउनको लागि कालीगण्डकीमा आरती गारिएको बाचक महाराजले जानकारी गराउनुभएको थियो ।
यसै आरतीलाई निरन्तरता दिनको लागि प्रदेश नम्बर ५ का सांसद डा पुरन बज्राचार्य ले आफुले सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।
यहाँ संकलन भएर बचेको रकम यहीँको लागि नमुना काम गर्ने पनि बाचकले जानकारी गराउनुभएको थियो । कार्यक्रमको अध्यक्षता समितिका समियोजक गुरु प्रसाद ज्ञवालीले गनुभएको थियो भने सन्चालन खेमराज रेग्मीले गर्नुभएको थियो ।