अनिल खत्री
५ असोज, गुल्मी
गुल्मीमा अरिङगालले टोकेर एक जना वालकको मृत्यु भएको छ ।
जिल्लाको रुरु गाउँपालिका– १ रिडी निवासी १२ वर्षिय पवन अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले जानकारी दिनुभयो ।
आइतवार बिद्यालय गएका वालक घरमा फर्किने क्रममा बोटमा रहेको अरिङगाल बादरले हल्लाउदा वालकलाई टोकेको थियो । अरिङगालको टोकाईबाट घाइते भएका वालकको उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै गुल्मीमै खोलाले बगाएर धुर्कोट गाउँपालिका वडा नम्बर–२ पिलधारा निवासी ६४ वर्षिय भिम बहादुर कुँवरलाई पानाहा खोलाले बगाएर मृत्यु भएको छ । कुँवरलाई शनिवार साझ पनाहा खोला तर्ने क्रममा बगाएको थियो ।