नवलपरासी
असोज ७ –
नवलपरासीको कावासोती नगरपालिका –८, खरकट्टामा दुर्घटनामा परेर ज्यान गुमाउने पाँचै जनाको परिचय खुलेको छ ।
ज्यान गुमाउनेमा नेमा देवचुली नगरपालिका –१, केउरेनी घर भएका दिपक भन्ने पूर्णबहादुर बिक, देवचुली –५ , घर भएका दिलबहादुर ढेँगा मगर,
देवचुली नगरपालिका १० घर भएका दिपेश राना ,त्यसै ठाउँका हिरा राना र कैलालीको धनगढी– ११, घर भएका सुरज राना मगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बररको कार कावासोती–८ स्थित खरकट्टा जंगल क्षेत्रमा ठोक्किको थियो।