काठमाडौ
असोज ७ –
सुनको मुल्य मंगलबार बढेको छ ।
सुन मंगलबार तोलामा एक सय रुपैयाँ बढेको हो । सुन मंगलबार तोलाको ७१ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार र सोमबार तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार बढेको हो ।
यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।