गुल्मी
असोज ९ –
गुल्मीमा चोरीको घटनामा संलग्न भएको आशंकामा ८ जना पक्राउ परेका छन् ।
रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा गएको आइतबारदेखि श्रृंखलाबद्ध रूपमा ४७ घरमा चोरी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले अनुसन्धानका लागि ८ जना पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले जानकारी दिनुभयो ।
पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन ।
उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चोरी गर्ने व्यक्तिको खोजीका लागि गुल्मीमा सुरक्षाकर्मी र स्थानीयले गएको तीन दिनदेखि गाउँमा रातभर गस्ती अभियान गरिरहेका छन् ।