अनिल खत्री
९ असोज, गुल्मी
गुल्मीको सत्यवती गाउँपालिकामा ५ जना डेगुंका बिरामी देखा परेका छन् ।
गाउँपालिकाको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डक्टर शिला ढकालका अनुसार ५ जनामा डेगुंका बिरामीहरु देखा परेको हुन ।
बिरामी ५ जना मध्ये तीन जनाको स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको र अन्य २ जनाको बुटवलमा उपचार भइरहेको ढकालले जानकारी दिइन् ।
बिशेषगरी दिउँसोको समयमा टोक्ने लामखुट्टेले डेगुं सार्ने गर्दछ ।