गुल्मी
असोज ९ –
ट्राफिक दुर्घटना न्युनिकरणको लागि गुल्मी ट्राफिक प्रहरीले आज श्रृङगा जनता मावि छत्रकोट गाउपालीका ४ श्रृङगा र
जनबोध माध्यमिक बिद्यालय रुरु गाउपालीका ४ रानीबास गुल्मीका बिद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ ।
श्रृङगा जनता मावि छत्रकोट गाउपालीका ४ श्रृङगामा कक्षा ९,१०,११ र १२ का १६० जना र
जनबोध माध्यमिक बिद्यालय रुरु गाउपालीका ४ रानीबास गुल्मीका कक्षा ८, ९ र १० का ११० जनालाई प्रशिक्षण दिइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरिक्षक प्रबिण आचार्य, र श्रृङगा ट्राफिक पोष्टका प्रहरी जवान जगत खनालले प्रशिक्षण दिनुभएको थियो ।
पछिल्लो समयमा गुल्मी ट्राफिक प्रहरी दुर्घटना न्युनिकरणको लागि सक्रिय रुपमा लागिरहेको छ ।