युगराज बस्याल
गुल्मी ,असोज १० –
छत्रकोट गाउपालीका गुल्मीमा मेलमिलापकर्ताहरुको लागि आधारभुत तालीम सुरु भएको छ ।
सबिंधानले व्यवस्था गरे अनुसारका मुद्धाहरुको स्थानिय तहमैन समधान गर्ने व्यवस्था अनुसार सामान्य प्रकृतिका घटना तथा
मुद्धाहरुलाई गाउ टोलमै मेलमिलाप मार्फत समाधान गर्न मेलमिलापकर्ताहरुलाई तालिम दिइएको हो ।
तालिमको शुक्रबार गाउपालीका अध्यक्ष मधुकृष्ण पन्थले उद्धघाटन गर्नुभएको हो ।
तालिमको उद्धघाटन गर्दै गाउपालीका अध्यक्ष पन्थले समय र परिस्थिति अनुसार दुवै पक्षको जित हुने गरि मेलमिलाप गराउन कार्यकर्ताहरु तयार हुने बिश्वास व्यक्त गर्नुभएको थियो ।
गाउपालीका उपाध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष नर्मदा भण्डारीले न्यायिक बिषय अत्यन्तै सम्बेदनसिल भएकोले नागरिकको बिश्वास नगुमाई भावनामा नबगेर उचित निर्णय लिनुपर्ने बताउनुभएको थियो ।
सहजकर्ता लोकनाथ पन्थले बिवाद सैद्धान्तीक तबरले भन्दा पनि आवश्यकताको आधारमा मिलाउनुपर्ने बताउनुभएको थियो ।
वडा नम्बर ४ दिगामका वडाअध्यक्ष डिलाराम न्याउपानेले नियम अनुसार सहजकर्ताले समस्या समाधान गर्न सक्षम हुने बताउनुभएको थियो ।
कार्यक्रममा वडा नम्बर १ हँुगाका वडा अध्यक्ष धातानन्द भण्डारीले स्वागत गर्दैै बिषयबस्तुका बारेमा प्रकाश पार्नुभएको थियो ।
उद्धघाटन समारोहको सहजिकरण छत्रकोट गाउपालीका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौड्यालले गर्नुभएको थियो ।
श्रृङगा जनता माध्यमिक बिद्यालयमा रहेको श्रोत केन्द्रको हलमा सुरु तालिम असोज १७ गते समापन हुनेछ ।