अनिल खत्री
११ असोज, गुल्मी
समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन गर्ने कुराले प्रधानमन्त्रीले दुविधामा पार्नु भएको बताएका छन् ।
शनिवार विहान गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनमा नेता राईले पहिचान सहितको संघियता लगायतका विषयहरु
संविधानमा संशोधन गरेर पुरा गरिनु पर्छ भनेर प्रधानमन्त्री ओलीज्यु संग लिखित सहमति गरेर सरकारमा गएको बताए ।
उनले भने–‘हामी संग संविधान संशोधन गर्ने लिखित प्रतिबद्धता जनाउनु भएका प्रधानमन्त्री ओलीले सांसदमा भने
संविधान संशोधन गर्ने कुरा सधै गित गाई रहने कुरा होईन भनेर भन्दा हामीलाई दुविधामा पार्नु भएको छ ।’
नेता राईले प्रधानमन्त्री ओलीले संविधान संशोधनको गीत गाई रहने कुरा होईन भनेपनि हामीले सडक र सदनसम्म संविधान संशोधनको गीत गाई नै रहने बताए ।
उनले गीत कहिले सम्म गाई रहने भन्ने कुरा सरकारको ब्यवहारले देखाउने बताए । उनले सरकारका गलत कार्यको विरोध गर्न आफुहरुलाई कुनै नैतिक संकट नभएको स्पष्ट पारे ।
‘हामी सरकारमा परिस्थिीवस गएका हौं, संविधान दिवसको अवसरमा हामीले –‘अरुले जस्तो संविधान जलाएर विरोध गरेनौं , मौन विरोध मात्रै गरेका हौं ‘उनले भने फेरी पनि हामी निकै अफ्ठ्यारोमा छौं ।’ धर्म संकट मै परेको हो ? भनेर सञ्चारकर्मीले प्रश्न गर्दा जोडले हाँस्दै नेतालाई राईले भने–‘ हो हामी धर्म संकट मै परेका हौं , हेडलाईन नै बनाउनुस् । ’