काठमाडौ
असोज ११ – आज हिजो अस्ती भन्दा धेरै पानी पर्ने मौसमविदले बताएका छन् । मनसुन सक्रिय भएकाले आज धेरैजसो ठाउमा पानी परिरहेको छ । देशभरिकै आकाशमा बादल लागि हिजोअस्तिको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भए पनि तर लगातार पानी पर्ने सम्भावना भने छैन । पूर्व, मध्य र पश्चिमका केहि स्थानमा भारी बर्षा समेत हुने सम्भावना छ।
बंगालको जलबाष्पयुक्त बायु र न्युनचापिय रेखाका कारण केहिदिनयता मनसुनी गतिविधी सकृय भएको छ। मनसुनी गतिविधी सकृय भएका कारण अवको तीनदिनसम्मै देशभर पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ।