अनिल खत्री
१३ असोज, गुल्मी – गुल्मीमा मोटर बाटो खन्ने क्रममा स्काभेटर पल्टीएको छ ।
गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ४ कोटकोटेरी भन्ने स्थान मोटरबाटो खन्ने क्रममा स्काभेटर पल्टीएको हो । बा २ ख ५५५४ नम्बरको स्काभेटर पल्टीदा पूर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताउनुभयो ।
मनकामना मोडल इन्जिनियरिङ्ग प्रालिको नाममा रहेको स्काभेटरबाट श्रीकृष्ण कन्स्ट्रक्सन तम्घास गुल्मीले काम गरिरहेको थियो । श्रीकृष्ण कन्स्ट्रक्सन तम्घास गुल्मीले इस्मा गाउँपालिका मैदानबाट सोहि ठाउँकै कोटकोटेरी भन्ने स्थानसम्म जोडने मोटरबाटोमा काम भइरहेको थियो । बाटो खन्ने क्रममा एक्कासी पल्टीए पछि चालक फर्सुराम पाण्डे भने हाम फालेर बाच्न सफल भएको निर्माण श्रीकृष्ण कन्स्ट्रक्सन तम्घास गुल्मीले जनाएको छ ।
सडक खन्ने क्रममा पल्टीएको स्काभेटर १ सय मिटर तल खसेकोे थियो ।