कमल पौडेल
१३ असोज,बडिगाड –
नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज बलावति शर्माले निति र विधि सहि नभएसम्म देशको विकास हुन नसक्ने भन्दै
सरकार सोहि कामको लागी लागिरहेको बताउनु भएको छ। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बडिगाड गाउँपालिका वडा नं. २ को आयोजनामा खर्वाङमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शर्माले विधिको लागी सोचमा परिवर्तन हुनुपर्ने भन्दै आफूले आफैलाई बदल्दै विकासमा लाग्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ। कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद इन्द्रलाल सापकोटाले राजनैतिक क्रान्ति सकिएपनि आर्थिक क्रान्तिको लागी अझै २० वर्ष लड्नुपर्ने बताउनु भएको छ। जमिनको उपयोग बाट उत्पादन वृद्धिगरि बजार नपठाएसम्म सम्वृद्धि नआउने भन्दै सापकोटाले सवै जनता उत्पादनमा जोडिनुपर्ने बताउनु भएको छ।
सरकारले एकछिनको लोकप्रियता भन्दा पनि दृघकालिन सोचका साथ काम गरिरहेको भन्दै अवको २५ वर्ष कम्यूनिष्ट पार्टीले शासन गर्ने र देशलाई सम्बृद्ध बनाउने बताउनुभएको छ। २० वर्ष पछिको सपना नदेखे विकास नै नहुने भन्दै प्रगतिशिल संविधानमा टेकेर अगाडि बढ्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ।
सापकोटाले स्थिर सरकारले नितिगत सुधार गरिरहेको सन्दर्भमा दलालहरु सल्वलाई रहेकोले सवै सचेत हुन समेत आह्वान गर्नुभएको छ। कार्यक्रममा नेकपाका जिल्ला सचिव ज्ञामनाथ गैरेले परिवर्तन आत्मसाथ गर्न नसक्नेहरु सल्वलाउन थालेको बताउँदै सचेत रहन कार्यकर्तालाई अनुरोध गर्नुभएको थियो। राज्यलाई सहिवाटोमा डोर्याउन स्वस्थ आलोचना हुनुपर्ने तर समाजमा त्यो नभएकोले सचेत हुनुपर्ने समय आएको गैरेले बताउनु भएको थियो।
कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्यहरु प्रदिप खरेल, सुनिल शेरचन, राजिव घिमिरे, जिल्ला कार्यालय सदस्य विष्णु भुसाल, लगाएतको सहभागिता रहेको थियो। कार्यक्रम वडा संगठन कमिटिका अध्यक्ष खगिश्वर अर्यालको अध्यक्षता, वडा अध्यक्ष हिमा खरेलको स्वागत मन्तव्य तथा आकाश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा कृष्ण परियार नेतृत्वको टोली नेकपामा प्रवेश गरेका थिए।