काठमाडौ
असोज १४ – मनसुन बाहिरिन अझै २, ४ दिन लाग्ने मौसमविद्ले बताएका छन् ।
तर मनसुन निस्क्रिय हुँदै गएकाले पानी पर्ने क्रम पनि कम हुँदै जाने मौसमविद् बरुण पौडेलले बताउनुभयो ।
मंगलबार दिउँसो तराइ बाहेक अन्य ठाउँमा सामान्य बद्ली भएर केही ठाउँमा छिटफुट रुपमा मात्रै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन सक्रिय नहुने देखिएकाले ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना नरहेको मौसमविद् पौडेलले बताउनुभयो ।
अहिले बादल लागेर सामान्य पानी परेको ठाउँमा पनि बिस्तारै मौसम खुल्दै जाने उहाँले बताउनुभयो ।