गुल्मी
असोज १५ –
कफि अनुसन्धान कार्यक्रम रुरु क्षेत्र गाउपालीका भण्डारी डाडा गुल्मीले पाचौ अन्तराष्ट्रिय कफि दिवस मनाएको छ ।
दिवसका अवसरमा कफिको बिकास र अनुसन्धान का बिषयमा अन्तरक्रिया गरिएको थियो ।
अन्तरक्रियामा रुरु क्षेत्र गाउपालीका को कार्यवाहक अध्यक्ष लक्ष्मीदेवी पन्त , प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरि,वडा अध्यक्षहरु घनश्याम अर्याल, शेष नारायण पौड्याल, फर्सुराम ज्ञवाली, हरि प्रसाद ज्ञवाली, जिल्ला सहकारी संघका अध्यक्ष यम बहादुर थापा, कफि सहकारी संघका सचिव भाष्कर ज्ञवाली, उद्योग वाणिज्य संघका अध्यक्ष तोय नारायण ज्ञवाली, सरोकारवालाहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता अनुसन्धान कार्यक्रमका प्रमुख एवम वरिष्ट बैजानिक कृष्ण बहादुर थापाले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण शम्सेर बस्नेतले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पन्थले दिवसलाई नारामा मात्र सिमित नराखी स्थानिय तह,प्रदेश र केन्द्रबाट ठोस कार्यक्रम र योजना बनाई कफि अनुसन्धान कार्यक्रमलाई व्यवहारिक रुपमै प्रभावकारी रुपमा अगाडि बडाइ बिकास गर्नुपर्ने बताउनुभएको थियो ।
अनुसन्धान कार्यक्रमका प्रमुख थापाले अनुसन्धान कार्यक्रम मा कर्मचारी ,जग्गा अभाव भएको बताउदै कार्यक्रमलाई राष्ट्रिय कार्यक्रम बनाउन नेतृत्वले आवश्यक काम गरेमा कफि अनुसन्धान को कार्यक्रम अगाडि बढ्ने र बिकास हुने बताउनुभएको थियो ।
दिवसको यसपटकको नारा कफि कृषकको आम्दानी बढाउन एउटा बाचा गरौ ,कफि बिरुवा रोपौ फुलाउ ,फलाउ र आम्दानी बडाऔ भन्ने रहेको छ ।