काठमाडौ
असोज १७ – बडादशै अन्तर्गत नवरात्रको छैटौं दिन आज कात्यायनी माताको पूजा गरिँदैछ ।
देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको मानिन्छ । शक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको बध गरेको ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छिन् । यस दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।
बडादशैंमा घटस्थापनादेखि नवमीसम्म हरेक दिन एक एक शक्तिमाताको विशेष पूजा गरिन्छ ।