गुल्मी
असोज १७ –
छत्रकोट गाउपालीका गुल्मीले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
बिजया दशमी ,दिपावली र छठ पर्वको अवसरमा जनप्रतिनिधि,कर्मचारी, स्थानिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि बिच शुभकामना आदानप्रदान गरिएको थियो ।
गाउपालीका उपाध्यक्ष नर्मदा भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा स्वास्थ्य प्रमुख पुण्य प्रसाद पौड्यालले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य गंगा पन्थ र उपाध्यक्ष नर्मदा भण्डारीले औपचारिक शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण सचिव खिमलाल पन्थले गर्नुभएको थियो ।