गुल्मी
असोज १७ – छत्रकोट गाउपालीका गुल्मीले आयोजना गरेको मेलमिलापकर्ताहरुको लागि आधारभुत तालिम सम्पन्न भएको छ ।
समापन समारोहको अध्यक्षता न्यायिक समिति संयोजक एवम गाउपालीका उपाध्यक्ष नर्मदा भण्डारीले गर्नुभएको थियो । संयोजक भण्डारीले वर्तमान न्यायिक व्यवस्थामा तालिमले महत्वपुर्ण भुमिका खेलेको बताउनुभएको थियो । प्रमुख अतिथि गाउपालिका अध्यक्ष मधुकृष्ण पन्थले न्यायका लागि मेलमिलाप आवश्यक भएको र मेलमिलापमा कुनै पक्षले पनि हारको महसुस नगर्ने गरि कार्यकर्ताले काम गर्नुपर्ने बताउनुभएको थियो । प्रमुख प्रशाकिय अधिकृत मधुकृष्ण पौडेलले मेलमिलाप गराउनु सिपको बिषय पनि भएकाले तालिम प्रभावकारी भएको बिश्वास व्यक्त गर्नुभएको थियो ।
सहजकर्ता सिताराम अधिकारीले न्याय नपाए गोर्खा जानु भन्ने उखान जस्तै गरि न्यायीक तथा मेलमिलाप को काम हेर्न छत्रकोट जानुभन्ने गरि कार्यकर्ताले सहजिकरण गर्नुपर्ने बताउनुभएको थियो ।वडा नम्बर १ का अध्यक्ष धातानन्द भण्डारीले तालीम पछि सानासाना मुद्धा गाउपालीका र अदालतमा नपुग्ने गरि सहजकर्ता ले मेलमिलाप गराउने बिश्वास व्यक्त गर्नुभएको थियो । वडा नम्बर ६ का अध्यक्ष थम्मन ज्ञवालीले न्यायिक र मेलमिलापको काम सम्बेदनशिल भएकाले तालिमपनि कडा परिश्रमबाट भएको र काम पनि परिश्रमका साथ हुने बताउनुभएको थियो ।
वडा नम्बर ४ का अध्यक्ष डिलाराम न्याउपाने मेलमिलाप कर्ताले निर्णयकर्ता नभइ सहजकर्ता भएर काम गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा मेलमिलाप कर्ताहरु रक्षा पन्थ न्याउपाने र सावित्रा भण्डारी पन्थले गीतका माध्यमबाट सिकाई उपलब्धिको जानकारी दिदै धन्यावाद ज्ञापन गर्नुभएको थियो ।
समापन समारोहको सहजिकरण न्यायिक समिति सदस्य बाबुराम अर्यालले गर्नुभएको थियो ।