गुल्मी
असोज १८ – सामुदायिक बन उपभोक्ता महासंघ नेपाल को आयोजनामा दशैको शुभकामना तथा नितिगत छलफल कार्यक्रम गुल्मीको छत्रकोट गाउपालीका ४ श्रृङगामा सम्पन्न भएको छ ।
कार्यक्रममा गाउपालीका अध्यक्ष मधुकृष्ण पन्थको प्रमुख आथित्यता , उपाध्यक्ष नर्मदा भण्डारीको बिशिष्ट आथित्यता रहेको थियो । यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा छत्रकोटका अध्यक्ष राम प्रसाद पाण्डेय ,बिद्यालय व्यवस्थापन समिति अध्यक्ष हुमनाथ कंडेल , वडा नम्बर ४ दिगामका अध्यक्ष डिलाराम न्याउपाने , सामुदायिक बन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य ठाकुर भण्डारी, प्रदेश सचिव राम मल्ल ठकुरी लगायत सामुदायिक बनका अध्यक्ष र सचिवहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सामुदायिक बनको वर्तमान अवस्था र आगामि गन्तव्यको बिषयमा महासंघ नेपालका केन्द्रिय सदस्य भण्डारीले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा बोल्दै भण्डारीले तेह्रो कर खारेज हुनुपर्ने, बैज्ञानिक बन व्यवस्थापन हटाइनुपर्ने र बनलाई समृद्धिमा जोड्नुपर्ने बताउनुभएको थियो । यस्तै गाउपालीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि पन्थले सामुदायिक बनलाई थप प्रभावकारी बनाउन सम्पुर्ण उपभोक्ताहरु सक्रिय हुनुपर्ने, बनलाई उद्यममा लैजानुपर्ने कुरामा जोड दिनुभएको थियो ।
गाउ महासंघ अध्यक्ष सुमित्रा भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सँचालन जिल्ला महासंघ अध्यक्ष बिश्नु पौडेलले गर्नुभएको थियो ।