चुरामणि तिमिल्सीना
गुल्मी ,असोज १८ – बडादशैको पाबन अबसर पारेर रुरु क्षेत्र गाउँपालिका गुल्मीले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिका अध्यक्ष निलकन्ठ गौतमको अध्यक्षता रहेको कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल रहनुभएको थियो । गाउँपालिका उपाध्यक्ष लक्ष्मी देबि पन्थको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ , उपाध्यक्ष नर्मदा भन्डारी , नेकपा प्रदेश न ५ का कमिटी सदस्य युबराज केसि, सामाजिक बिकास मन्त्रालय का उपसचिव थानेश्वर ज्ञवाली , स्वकिय सचिब यदु ज्ञवाली , सामुदायिक बिधुत उपभोक्ता समिती केन्द्रिय अध्यक्ष नारायण प्रसाद ज्ञवाली, नेकपा रुरुका अध्यक्ष चक्रपाणि गौतम , नेकपा जिल्ला कमिटी सदस्य हिमाल श्रेष्ठ, इलाका प्रहरी कार्यलय रिडिका प्रहरी प्रमुख राधेश्याम सिङ सैथवार ,योगगुरु सिबलाल ज्ञवाली, सबै वाडका अध्यक्ष तथा सदस्यहरु बितिय सस्थाका प्रमुखहरु शिक्षा क्षेत्रका बिधालयहरुका प्रमुखहरु ,वाड सचिबहरु, पत्रकार, महिला समूह तथा पालिकाका पदाधिकारीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बरालले सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी तथा सम्पुर्णमा शुभकामना दिदै सबैले आफ्ना आफ्ना मात्री शक्तिलाई पुजन गर्नु पर्ने बताउनुभएको थियो । उहाले आफनो क्षमता अनुसार पर्व मनाउन सबैलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रमको सन्चालन प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरिले गर्नुभएको थियो ।