राधा पोख्रेल
गुल्मी ,असोज १९ – नेपाल कम्युनिष्ट पार्टी नेकपा छत्रकोट गाउपालीका कमिटि गुल्मीको आयोजनामा बिजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा छत्रकोटका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षता , नेकपा जिल्ला कमिटिका अध्यक्ष तथा गाउपालीका अध्यक्ष मधुकृष्ण पन्थको प्रमुख आथित्यता, ५ नम्बर प्रदेश कमिटि सदस्य तथा गाउपालीका उपाध्यक्ष नर्मदा भण्डारीको बिशिष्ट आथित्यता रहेको थियो ।
प्रमुख अतिथि पन्थले कार्यक्रममा बोल्दै राष्ट्रिय राजनिति र स्थानिय सरकारको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । छत्रकोट गाउपालीका इन्चार्ज बिश्नु प्रसाद पौडेल,सह इन्चार्ज लोकनाथ पाण्डे ,जिल्ला कमिटि सदस्यहरु रामचन्द्र कडेल, हुमनाथ कडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।
छत्रकोट गाउ कमिटि सदस्य दुर्गा प्रसाद पन्तको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन पार्टी सचिव पिताम्बर अर्यालले गर्नुभएको थियो ।
कार्यक्रममा २०० बढि नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।