काठमाडौ
असोज २४ – बडादसैंको टीकाको चौथो दिन शुक्रबार पनि मान्यजनबाट जमरा र आर्शीवाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी छ ।
मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।
घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्नेक्रम जारी छ ।
यो क्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्दछ ।