काठमाडौ
असोज २४ – सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयको प्रस्तावमा सरकारले आइतबार सार्वजनिक बिदा दिन लागेको हो । चिनियाँ राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदै हुनुहुन्छ ।