गुल्मी
असोज २६ – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड छत्रकोट गाउपालीका वडा नम्बर २ गुल्मीको २४ औ साधारण सभा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न साधारण सभा कार्यक्रममा सहकारीका अध्यक्ष शंकर प्रसाद पन्थको अध्यक्षता, गाउपालीका अध्यक्ष मधुकृष्ण पन्तको प्रमुख आथित्यता रहेको थियो ।सहकारीका अध्यक्ष पन्थले प्रगति बिवरण प्रस्तुत गर्दै सहकारी लाई सिद्धान्त र मान्यतालाई अगांल्दै समय अनुसार बैंकको स्वरुपमा अगाढि बढाउनुपर्ने बताउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि गाउपालीका अध्यक्ष पन्तले सहकारीलाइ घरघरमा पुर्याउनुपर्ने बताउदै गाउपालीकाले सहकारीको बिकासमा जोड दिने बताउनुभएको थियो ।
कोषध्यक्ष थानेश्वर भण्डारीले करिब ७ करोड ५६ लाख रुपैया बराबरको आयव्यय बिवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गाउपालीका उपाध्यक्ष नर्मदा भण्डारी, संस्थापक अध्यक्ष अनन्तराम पौड्याल ,वडा नम्बर १ का अध्यक्ष धातानन्द भण्डारी, महेश्वर भण्डारी, टंक प्रसाद पन्त ,धातानन्द भुषाल,शोभाकर पन्थ, नरपति काफ्ले ,भुवन टण्डन,सीता पौडेल, हरि बहादुर कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उपाध्यक्ष नरेन्द्र बहादुर पल्लीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सचिव पदमपाणी न्याउपानेको सन्चालनमा सम्पन्न भएको थियो ।