गुल्मी
असोज २६ – नेपाल कम्युनिष्ट पार्टी नेकपा समर्थक युवाहरुको भेलाले राष्ट्रिय युवा संघ छत्रकोट गाउपालीका गठन गरेको छ ।
नेकपाको संगठन बिस्तार अन्तर्गत युवाहरुलाई संगठित गर्न संघको गठन गरिएको हो । नवगठित राष्ट्रिय युवा संघ छत्रकोटको अध्यक्षमा दान बहादुर थापा चयन हुनुभएको छ । ३७ सदस्य कमिटिको उपाध्यक्षमा रामु कंडेल ,सचिवमा जीवन बाबु पन्थ, कोषाध्यक्षमा रमेश नेपाली लगायत ३७ सदस्य चयन हुनुभएको हो । कार्यक्रममा नेकपा छत्रकोटका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षता ,नेकपा जिल्ला अध्यक्ष मधुकृष्ण पन्तको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि पन्तले युवाहरु संगठित भइ क्रियासिल रुपमा संगठनको बिकास गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ ख इन्चार्ज नर्मदा भण्डारी, संगठनका केन्द्रिय सदस्य हिमाल थापा, यदु ज्ञवाली, लोकनाथ भण्डारी लयागतको सहभागिता रहेको थियो । कार्यक्रममा सचिव पिताम्बर अर्यालको सन्चालनमा सम्पन्न भएको संघका सदस्य झबीन्द्र काकीले जानकारी दिनुभयो ।