अनिल खत्री
२८ असोज, गुल्मी – दशैंको बेला बन्द रहेका कार्यालयहरु खुलेसँगै कार्यालयहरुमा सेवाग्रहीको चाप सुरु भएको छ ।
कार्यालयमा खुलेसँगै मंगलवार जिल्ला प्रशासन कार्यालय गुल्मीम बिभिन्न सेवा लिनेहरुको चाप बढेको हो ।दशैं सकिएपछि र तिहार आउन बाकी रहेको सयमा जिल्ला प्रशासन कार्यालयमा भिडभाड बढने गर्दछ । दशैमा पाँच दिनसम्म मात्रै सरकारी कार्यालय बन्द रहेका थिए । दशैंको सप्तमीबाट बन्द रहेका कार्यालयहरु दशैं पछि असोज २३ गतेदेखि खुलेका थिए । बिचमा २ दिन बिदा भएसँगै दशैंको पूर्णिमासम्म दशैंको रौनक नसकिएकाले सेवाग्रहीहरु कार्यालयमा आएका थिएनन् । दशैं सकिए लगत्तै सोमबारबाट प्रशासन कार्यालय गुल्मीमा सेवाग्रहीको चाप बढेको छ । अन्य कार्यालयहरुमा भन्दा यो बेला नागरिता र राहदानी (एमआरपी) बनाउनेहरुको चाप बढने गर्दछ ।
चाडपर्वको बेला धेरैको बिदा भएकाले यो समयमा नागरिता लिनेहरुको भिडभाड बढने गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । चाडपर्वको बेला स्वदेश तथा बिदेशमा रहेकाहरु चाडपर्व मनाउन आउने र यहिँ समयलाई सदुपयोग गरेर नागरिता, राहदानी (एमआरपी) लगायत बनाउन आउने भएकाले अन्य समयमा भन्दा वढि चाप हुने गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सेवाग्रहीको चापलाई व्यवस्थित बनाउन नागरिक सहायता कक्ष पनि प्रशासनमा राखिएको छ । सेवाग्रहीको चापलाई व्यस्थित बनाउन र छिटो छरितो सेवा प्रवाह गर्ने उदेश्यले व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय गुल्मीमा अन्य समयमा दैनिक ३० देखि ५० जनाले नागरिता २० जनाले प्रतिलिपी लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रकासकीय अधिकृत उद्धब पन्थीले बताए । दशैं पछि कार्यालय खुलेपछि पहिलो दिन ७५ जनाले नयाँ नागरिता ३५ जनाले नागरिताको प्रतिलिपी लिन सेवाग्रही आएको पन्थीले बताए ।
मंगलवार १ सय भन्दा वढिले नागरिता बनाउने पन्थीको भनाई छ । नागरिता लिनेहरुसँगै राहदानी (एमआरपी) बनाउनेहरुको संख्यामा पनि बृद्धि भएको छ ।
सामान्य समयमा २५ जनाले राहदानी (एमआरपी) लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । दशैंपछि भने सोमबार मात्रै ५९ जनाले राहदानी (एमआरपी)को लागि फारम पेस गरेको जिल्ला प्रशासन कार्यालल गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए । काठमाडौंबाट राहदानी बनाउनको ४६ जनाले सिफारिस लगेको पशासकीय अधिकृत पाण्डेको भनाई छ । राहदानी (एमआरपी) बनाउनेहरुले एकै दिनमा २ लाख ८० हजार राजस्व जम्मा भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । अन्य समयमा भन्दा दशैं तिहारको बिचमा प्रशासनमा सबै सेवा लिनेहरुको संख्यमा बृद्धि भएको पाण्डेयले बताए ।