गुल्मी, असोज २८
कालीदास आत्रेय –
शिक्षा युवा तथा खेलकुद शाखा छत्रकोट गुल्मीको आयोजनामा प्राथमिक स्तरका नेपाली बिषय शिक्षकहरुको तिनदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
सरस्वती माध्यमिक बिद्यालय चोयगामा सन्चालित तालिममा छत्रकोट गाउपालीका भित्रका ४२ बिद्यालयका नेपाली शिक्षकहरुको सहभागिता रहेको थियो ।
तालिमको सहजिकरण गुणाकर ज्ञवाली, अमृता थापा जिसि र इश्वरीप्रसाद ज्ञवालीले गर्नुभएको थियो । तालिम समापन समारोह शालिकराम पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागि पार्वती सुनारले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहभागिको तर्फबाट इन्दीरा कंडेल र टेकराज बन्जाडे ,सहजकर्ताको तर्फबाट गुणाकर ज्ञवाली र आयोजकको तर्फबाट शिक्षा युवा तथा खेलकुद शाखा छत्रकोट का शाखा प्रमुख बिष्णु प्रसाद ज्ञवालीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सन्चालन चन्द्रकान्त भण्डारीले गर्नुभएको थियो ।
यस्तै आजबाट छत्रकोट गाउपालीका भित्रका आधारभुत र माध्यमिक तहका नेपाली ,सामाजिक र अग्रेजि बिषयका बिषयगत शिक्षकहरुको लागि तिन दिवसिय तालिम अन्तर्गत निमावि, मावि र उमावि तहको नेपाली बिषय तथा उमावि तहको अंग्रेजी बिषयको शिक्षकहरुको कार्यशाला सरस्वती माध्यमिक बिद्यालय चोयगामा सुरु भएको छ । गाउपालीका उपाध्यक्ष नर्मदा भण्डारीको अध्यक्षता ,गाउपालीका अध्यक्ष मधुकृष्ण पन्तको प्रमुख आथित्यता रहेको कार्यक्रममा प्रशिक्षकहरु डा। शिव पौडेल ,कृष्ण मराशिनि, गुणाकर ज्ञवाली, इश्वरी ज्ञवाली, अमृता थापा लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रम छत्रकोट गाउपालीका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बिश्नुप्रसाद ज्ञवालीको सन्चालनमा सम्पन्न भएको थियो ।