काठमाडौ
कात्र्तिक ८ – सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेवार समुदायले मनाउने किजा पूजा अर्थात भाइटीकाका अवसरमा कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले किजा पूजाका अवसरमा सार्वजनिक बिदा दिइने बताउनुभएको छ ।