गुल्मी
कात्र्तिक ८ – साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क रुरु क्षेत्र गाउपालीका वडा नम्बर ४ बलेटक्सार गुल्मीमा ATM (एटिएम) सेवा सुरु भएको छ ।
राष्ट्रिय स्तरको स्विकृत प्राप्त ७१ शाखा रहेको साइन रेसुङ्गगा डेभलपमेन्ट बैङ्गकको दास्रो ATM सेवा बलेटक्सारमा सुरु भएको हो । सुभारम्भ कार्यक्रममा बैंकका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षता, गाउपालीका अध्यक्ष निलकण्ठ गौतमको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले सेवा बिस्तार गरेकोमा शुभकामना दिदै यस क्षेत्रमा बैकंले राम्रो सेवा दिइरहेको बताउनुभएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा बैकंका अध्यक्ष श्रेष्ठले निकट भबिश्यमा अन्य शाखाबाट पनि एटिएम सेवा प्रदान गरिने बताउनुभएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन बैंकका प्रबन्धक लालमणि पन्थीले गर्नुभएको बलेटक्सार शाखा प्रवन्धक बिनोद ज्ञवालीले जानकारी दिनुभयो ।
बलेटक्सारमा २०६६ सालमा मसिंर २८ गते साइन रेसुङ्गगा डेभलपमेन्ट बैङ्कको शाखा स्थापना गरिएको हो ।