कालीदास आत्रेय
गुल्मी कात्र्तिक ९ – दौघा युवा क्लव छत्रकोट ६ दौघा गुल्मीको १६ औ वार्षिक उत्सव समारोह सम्पन्न भएको छ ।
२ दिन सम्म सन्चालित उक्त वार्षिक उत्सव कार्यक्रममा साबिकको अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता , भाले छोपाई लगायतका प्रतियोगिताहरु भएका थिए । जसमा भलिबल प्रतियोगितामा साविकको वडा नम्बर ९ जेहेरी पोखरी को टिम प्रथम ,वडा नम्बर ८ दौघाको टिम द्धितिय ,वडा नम्बर ७ को समुह तृतिय भएका छन ।
त्यस्तै भाले छोपाइ तर्फ तारा बहादुर सुर्यबम्सी पुरस्कृत भएका छन ।दो भान युवा क्लवका अध्यक्ष नारायण रेश्मीको अध्यक्षता, दौघाका वडाध्यक्ष थम्मन ज्ञवालीको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा विजयी समुहहरुलाई नगद पुरस्कार ,मेडल, प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रमको सन्चालन क्लबका सचिव हुमबहादुर थापाले गर्नुभएको थियो ।