गुल्मी
कात्र्तिक ११ – मिलनसार युवा समुह गुल्मी दरबार गाउपालीका वडा नम्बर ३ गौडाकोट उपल्लो राजा मिलनचोक गुल्मीले
दिपावली तथा १३ औ वार्षिक उत्सवको अवसरमा वार्ड स्तरिय पुरुष भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
यहि कार्तिक १४ गतेदेखि १८ गतेसम्म प्रतियोगिताको आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागिता जनाउनको लागि टिम दर्ता कात्र्तिक १५ गते मध्यान्न १२ बजेसम्म गर्न सकिनेछ ।
खेल कार्तिक १५ गते दिउसो १ बजेबाट सुरु हुनेछ ।
टिम दर्ताको लागि शुल्क रु २००० राखिएको छ ।
प्रतियोगिताा प्रथम हुनेले नगद रु २० हजार मेडल , प्रमाणपत्र र कप ,द्धितिय हुनेले नगद रु १५ हजार ,प्रमाणपत्र र मेडल ,तृतिय हुनेले नगद रु १० हजार प्रमाणपत्र र मेडल पाउनेछन ।
यस्तै उत्कृष्ट खेलाडिलाई नगद ,प्रमाण पत्र र मेडल र अनुशासित खेलाडिलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
खेलका नियमहरु
1 -भलिबल खेलमा खेलाडिहरु टिम संयोजक सहित ८ जना हुनुपर्नेछ ।
2 -खेल प्रचलित नियम टि टि सिस्टम अनुसार खेलाइनेछ ।
3 -खेल साविकको गाविस वार्ड स्तरिय भएकाले खेलाडि एउटै साविकको वार्डको हुनुपर्नेछ ।
4 -आवश्यक परेको खण्डमा नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
5- खेलाडिले खान बस्नको व्यवस्था आफैले गर्नुपर्नेछ ।
6 -खेलाडिहरुले मदिरा सेवन गरि अनैतिक कार्य गरेमा वा कुनै व्यक्ति बिषेस वा टिमलाई आक्षेप लाग्ने गरि हुटिङ गर्न पाइने छैन ।
7 -खेलाडिलाई चोट पटक लागेमा आयोजकले प्राथमिक उपचार मात्र गर्नेछ ।
8 -खेलमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
थप जानकारीको लागि टिम क्याप्टेन सागर तङनामी ९८६३२९६५०३, खेल संयोजक दिपक खड्का ९८००७६१६९८, सह सचिव सुमन खड्का ९८६७८३०४८७, अध्यक्ष पदम सुर्यवंशी ९८६३७७१२८८ मा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।