अनिल खत्री
१९ कात्तिक, गुल्मी – गुल्मीबाट सरुवा भएर दार्चुला जानुभएका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडललाई कर्मचारी एवं सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका छन् ।
सोमबार प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार समाहल्न पुगेका पौडेललाई सुरक्षा नियकाय एबम् जिल्ला प्रशासन कार्यालय दार्चुलाका कर्मचारीहरुले स्वागत गरेका हुन् ।
स्वागत पश्चात प्रमुख जिल्ला अधिकारी पौडेलले दार्चुला वासी जनताको सेवामा सरल र नागरिकमैत्री सेवालाई प्राथमिकता दिएर काम गर्ने बताए । कार्यालयको सेवाप्रवाहलाई छिटो छरितो बनाउदै समग्र जिल्लाको शान्ति सुरक्षा लगायत सकरात्मक कार्यको निम्ति सबैसँग हातेमालो गरेर अगाडी बढ्ने बताए । जिल्ला प्रशासन कार्यायल गुल्मीबाट कात्तिक १ गतेको निर्णय अनुसार पौडेल दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका थिए । गुल्मी जिल्लामा १६ महिनासम्म प्रमुख जिल्ला अधिकारीको रुपमा रहेका पौडेलले जिल्लामा रहुन्जेल झण्डै २ दर्जन वढि नागरिक मैत्री कार्य गरेका थिए ।
गुल्मी जिल्लामा रहदा कुशलता पूर्वक जिम्मेवारी निभाएर नागरिकमैत्री काम गरेको भन्दै पौडेललाई जिल्लामै पहिलोपटक यतिधेरै संघ संस्था मिलेर सामुहिक बिधाई गरेका थिए । गैरसरकारी संस्था महासंघ गुल्मी र नागरिक समाज सहितका संस्थाहरुको नेतृत्वमा जिल्ला स्थित क्रियाशिल २३ वटा संस्थाले सामुहिक बिधाई गरेका थिए ।
क्रियाशिल संस्थाहरुले गरेको बिधाई कार्यक्रममा नागरिक समाजले अभूतपूर्व सम्मान पत्रले सम्मान गरेर बिधाई गरेका थियो । पौलेलले गुल्मी रहदा नागरिक सहायता कक्षा स्थापना, बिचौलीयाको अत्य, २४० प्रतिशत भाडा घटाउने काम कार्यालयमा डिजीटल वडापत्र, कार्यालयमा निशुल्क इन्टरनेट, निशुल्क अभिलेख पाउने, पठाउने व्यवस्था जस्ता लोकप्रिय कार्य हुन ।
त्यस्तै कार्यालयमै सिसीटिभी, राहदानी फारममा एउटै मुल्य कायम, कार्यालयमै हुलाक टिकट, बिचल्ली वालवालिकाको उद्धार, सडक बालवालिकाको उद्धार, १५ मिनेटमै सेवा, गाउँमै सेवा, तम्घास बजारमै सिसीटिभी, मदिराजन्य बस्तु नियन्त्रणमा कडाई, शुसासन कायम गर्न मुख्य जोड जस्ता लोकप्रिय कार्य गरेका थिए ।