सुरेश थापा
गुल्मी, कार्तिक २३
सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड गुल्मीको ११ औ वार्षिक साधारण सभा
सत्यवती गाउँपालिका ६ खैरेनीमा आज सम्पन्न भएको छ ।
सहकारीलाई बचत तथा सामान्य ऋण वितरणमा सिमित नराखी स–साना घरेलु उद्योग र आय आर्जन मुलक कार्यमा
ऋण लगानी गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले उद्घाटन सत्रलाई सम्वोधन गर्दै
उक्तकुरा बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष सुवर्ण शाहि शेर्चन प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारीको विशेष आतिथ्यता रहेको कार्यक्रममा
लेखा संयोजक लक्ष्मण ढकालले चालु आर्थिक वर्ष सम्मको कुल सम्पत्ती १ करोड ३ लाख १ हजार ६ सय ५ रुपैया ३६ पैसा
बराबरको आर्य व्यय प्रतिवेदन र संस्थाका सचिव विष्णु प्रसाद भण्डारी ले सहकारीको ऐतिहासिक पृष्ठभुमी संस्थाको वर्तमान अवस्था
चालु आर्थिक वर्षको कार्यक्रम अनुमानीत बजेट प्रस्तुत गर्नुभयो ।
वडा नं. ६ का वडा अध्यक्ष विष्णु प्रसाद भण्डारी, कृर्षि संयोजक मुक्ति प्रसाद भण्डारी लगायतले शुभकामना मन्तव्य
राख्नु भएको थियो । संस्थाका अध्यक्ष पूर्ण बहादुर रानाको सभापतित्व, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको
आतिथ्यता कोषाध्यक्ष लक्ष्मि शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन विष्णु प्रसाद भण्डारी ‘बि’ ले गर्नुभएको थियो ।
सो कार्यक्रममा शेयर सदस्य मध्यबाट जेष्ठ पुरुष सदस्य सूर्यलाल श्रेष्ठ, जेष्ठ महिला सदस्य यमुना देवि भुसाल र शेयर सदस्यको
छोरा छोरी मध्य कक्षा ११ र १२ मा उत्कृष्ठ अंक ल्याउने अस्मिता भण्डारीलाई समेत सम्मान गरिएको थियो ।