२३ कार्तिक
रुरुक्षेत्र गाँउपालिकामा कार्तिक २५ गते सार्वजनिक बिदा हुने भएको छ ।
गाँउकार्यपालिका सदस्य धन बहादुर नेपालिको सनिबार निधन भएकोले, सोकमा रुरुक्षेत्र गाँउपालिकामा कार्तिक २५
गते सार्वजनिक बिदा हुने भएको हो ।
गाँउकार्यपालिका सदस्य धन बहादुर नेपालिको ५१ बर्षको उमेर हिजो उपचारको क्रममा निधन भएको हो ।
खुट्टामा लागेको घाउ निको नभएर उहा बिरामी हुनु भएको बताईएको छ ।
रुरुक्षेत्र गाँउपालिका ३ स्थाई घर भएका नेपाली, गाँउकार्यपालिकामा मनोनित सदस्य हुनुहुन्थ्यो । पञ्चातकाल देखि नै उहा
बामपन्थि सक्रिय राजनिति र समाज सेवामा सक्रिय हुनु हुन्थ्यो । उहाका एक श्रीमती दुई छोरा दुई छोरी हुनुहुन्छ ।
गाँउपालिकामा २४ गते आधा झण्डा झुकाउने र सोकमा रुरुक्षेत्र गाँउपालिकामा कार्तिक २५ गते सार्वजनिक बिदा दिईएको
गाँउपालिका अध्यक्ष निलकण्ठ गौतमले बताउनु भयो ।