अनिल खत्री
२८ कात्तिक,
गुल्मी ।
गुल्मीमा ‘जलवायु परर्वतनले वातावरणमा पारेको प्रभाव’ सम्बन्धी जिल्ला स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पस मानविकी संकायका बिद्यार्थीहरुको आयोजना जिल्ला स्तरीय
खुल्ला वक्तृत्वकला प्रतियोगिता राखिएको हो ।
प्रतियोगितामा जिल्ला भरका ७ वटा बिद्यालयमका १४ जना बिद्यार्थीहरुको सहभागिता रहेको मानविकी संकाय अध्यक्ष
बिक्रम घिमिरेले बताए । प्रतियोगितामा जलवायु परर्वतनले वातावरणमा पारेको प्रभाव बारेमा प्रस्तुति राखेका थिए ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिया र शान्त्वना हुनेहरुलाई क्रमश रु १० हजार, ८ हजार, ४ हजार र १ हजार
पुरस्कारको व्यवस्था राखिएको थियो । कार्यक्रममा अर्जुन माध्यमिक बिद्यालयका मनोज अर्याल प्रथम, महेन्द्र माध्यमिक बिद्यालय
तम्घासका मनिशा पौडेल द्धितिय, तृतिया रेसुङ्गा माध्यमिक बिद्यालयका मोहन घर्ति तृतिया र रेम्बो बोडिङ्ग बलेटक्सारका
बिपना थापा शान्त्वना भएका थिए ।
प्रतियोगितामा छनोट भएका उत्कृष्ट पेतियोगिलाई कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले
नगद र सम्मान पत्रले सम्मन गरेका थिए । सोहि कार्यक्रममा नेपाल भरिका डक्टरहरुबाट उत्कृष्ट डक्टर बनेका गुल्मी अस्पतालका
डक्टर उत्तक पच्चा, रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शशी पन्थी, नेपाल भरिका सामुदायिक बिद्यालयहरुबाट
रेसुङ्गा माध्यमिक बिद्यालयलाई दोस्रो बनाउन सफल प्रचार्य प्रमेनारायण भण्डारीलाई प्रमुख जिल्ला अधिकारी निरौलाबाट
सम्मान गरिएको थियो ।
वक्तृत्वकला प्रतियोगिताको पुरस्कारको लागि समाजसेवी योगराज कँडेल र नन्दराम भुसाल, तोमलाल पन्थीले सौजन्य गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी समेत रहेका प्रमुख जिल्ला अधिकारी निरौलाले पछिल्लो समय जलवायु परिर्वतनको प्रभाव नेपालमा पनि
प्रभाव पारिरहेको बताए ।
यसको प्रभाव रोक्न सबै पक्षले ध्यान जरुरी रहेको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाई थियो । कार्यक्रममा
पूर्व क्याम्पस सञ्चालन समिति अध्यक्ष शालिकराम पन्थी,क्याम्पस प्रमुख हरीबहादुर खत्री क्याम्पसका प्राध्यापक,
बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
नेपालमा जलवायु परर्वतनले वातावरणमा पारेको प्रभाव पारिरहेकाले उसबारे सबै पक्षको जानकारी गराउने उदेश्यले
कार्यक्रम आयोजना गरिएको मानविकी संकाय अध्यक्ष घिमिरेले बताए ।