अनिल खत्री
२९ कात्तिक,
गुल्मी ।
केहि दिन अघि सरुवा भई गुल्मी आएका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले पत्रकारलाई
खराब कामको खबदारी गर्दै बाहिर ल्याउन आग्रह गरेका छन् ।
जिल्ला प्रसासन कार्यालयमा जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीसँग राखिएको परिचयात्मक
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निरौलाले कुनै पनि खराब कार्यलाई बाहिर ल्याएर नागरिकलाई
सु–सोचित बनाउन आग्रह गरे ।
कार्यालयबाट प्रदान गरिने कुनै पनि सुचनालाई सरल र सहज तरिकाले प्रदान गर्ने बताए । उनले
जिल्लामा हाल लागु भएको राष्ट्रिय परिचय पत्रमा आफनो नाम दर्ता गर्न समेत आग्रह गरे ।
राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थान सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र
वैयक्तिक विवरणको आधारमा उत्पादन भएको वायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक
व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।
परिचयपत्र बिवरण दर्ता संकलन गर्न नागरिता, बसाई सराइ गरेको हकमा बसाईसराइको सक्कल कागजपत्र
आबश्यक पर्ने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
प्रमुख जिल्ला अधिकारी निरौलाले पत्रकारहरुबाट जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिएका थिए ।
उनले प्रशासनिक कामको सुधारसँगै सेवाग्रहीलाई सेवामैत्री बातावरण तयारमा ध्यान दिने बताए ।
नागरिकलाई संधिानले प्रत्यभूत गरेका अधिकारहरुलाई सहज तरिकाले प्रदान गर्दै जनमुखी सेवा प्रवाहमा
मुख्य जोड दिने निरौलाको भनाई छ । भेटघाटमा पत्रकारले जिल्लामा बजार अनुगमन चाडपर्वमा मात्रै भएकाले
त्यसलाई निरन्तर गरिरहनु पर्ने सुल्झाएका थिए ।
पत्रकारहरुले जिल्लामा सरकारी सवारी साधानहरु बिदाको दिन बिभिन्न भट्टी, बिवाह पार्टी लगायतका
स्थानहरुमा भेटिने गरेकाले त्यसको निगरानी बढाउन आग्रह गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी निरौलाले पत्रकारले उठाएका बिषय बस्तुमा आफनो ध्यान जाने र आगामी दिनहरुमा
सुझाव सल्लाह दिन समेत आग्रह गरेका थिए ।
गुल्मीमा रहेका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको ०७६ कात्तिक १ गते जिल्लाबाट दाचुर्ला
सरुवा पछि स्याङजाका प्रमुख जिल्ला अधिकारी निरौला गुल्मीको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका हुन् ।
कात्तिक १५ गते गुल्मी आएका प्रमुख जिल्ला अधिकारी निरौलाले १५ दिनपछि पत्रकारसँग भेटघाट गरेका हुन् ।
यस अघि गुल्मीका क्रियाशिल राजनितिक दलहरुसँग सुझाहरु लिएका थिए ।