कार्तिक ३०,
अर्घाखाँची
अर्घाखाँची चेम्वर अफ कमर्सले यही पुष २५ देखी माघ १० गतेसम्म सन्धिखर्कमा गर्ने
अर्घाखाँची महोत्सवको तयारीलाई तिव्र पारेको छ ।
चेम्वरको आयोजनामा पहिलोपटक हुन लागेको महोत्सव अधिकतम जिल्लाको हितमा हुनेगरी सम्पन्न गर्नका लागि
आफुहरु गम्भिरताका साथ तयारीमा लागेको चेम्वरका अध्यक्ष अशोक कुमार श्रेष्ठले जानकारी दिए ।
आज बसेको चेम्वर अर्घाखाँचीको बैठकले यही पुष ५ गते सन्धिखर्कमा व्यवसायीक संघ संस्थाको उपस्थितीमा
सर्वपक्षिय बैठकको आयोजना गरेको छ । साथै मेलाको लागि स्थल छनोटको लागि संस्थाका अध्यक्षलाई
जिम्मा दिने निर्णय भएको महासचिव प्रकाश भुसालले बताए ।
सवै पक्षको अपनत्व हुनेगरी मेला संचालनको लागि आफुहरुले तयारी तिव्र पारेको अर्घाखाँची चेम्वर अफ कमर्सका
प्रबक्ता हरिप्रसाद भुसालले जानकारी दिएका छन् ।