रुरुक्षेत्र गाँउपालिका
कार्तिक ३०
नेपाल कम्युनिष्ट पार्टि नेकपा रुरुक्षेत्र गाँउपालिका गुल्मीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
प्रराष्ट मन्त्रि प्रदिप कुमार ज्ञवाली, प्रदेश संसद कमलराज श्रेष्ठ, नेकपा रुरुक्षेत्र गाँउपालिका अध्यक्ष चक्रपाणी गौतम लगायतका नेता कार्यकर्ता बिच अन्तरक्रिया कार्यक्रम गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा स्थानिय बिकास निमार्ण र बर्तमान राजनैतिक अवस्था, निर्वाचनका बिषयमा छलफल भएको थियो । मन्त्रि ज्ञवालीले स्थानिय बिकासमा ठोस योजना, स्थानिय नेता कार्यकर्ताले ल्याएमा त्यसलाई अगाडी बढाउने र चलिरहेका योजना कार्यक्रम तिब्रताका साथ सम्पन्न गरिने बताउनु भयो । राष्टियताका बिषयमा आसंका नगर्न आग्रह गर्दै, सुगौली संधिले निर्दिष्ट गरेअनुसार नेपाली भुमिको रक्षा गर्ने बताउनु भयो । कार्यक्रम सचिब नारायण पौडेयालले संचालन गर्नु भएको थियो ।