कार्तिक ३०
राहत शिक्षक कार्यसमिति छत्रकोट गाँउपालिका गुल्मीको पुनर गठन गरिएको छ ।
नव गठित कार्यसमितिमा हरिकृष्ण ज्ञवाली सर्वसहमत अध्यक्ष चयन हुनुभएको छ ।
समितिको उपाध्यक्षमा बिष्णु प्रसाद पौड्याल, महिला उपाध्यक्षमा दुर्गा सुबेदी, सचिब शंकर महोत्रा,
सह सचिब कमला ज्ञवाली, कोषध्यक्ष गंगा बहादुर झांक्री लगायत १३ सदस्य चयन गरिएको हो ।
सोहि अवसरमा शिक्ष सेवा बाट नाम निकाली पदस्थापन हुनु भएका पुर्व राहत शिक्षकहरु भरतराज कडेल,
खिमराज भट्टराई, तिर्थराज पौड्याल, युवराज पौड्याल, र प्रकास पन्थलाई फुल टिका खादाले सम्मान गरिएको थियो ।
राहत शिक्षक कार्यसमितिले राहत शिक्षकको हकहितका लागि काम गर्दै आएको छ ।
छत्रकोट गाँउपालिकामा राहत दरबन्धिका ३५ जना शिक्षक कार्यरत छन ।