अनिल खत्री
२ मंसिर,
गुल्मी ।
गुल्मी मुसिकोट उद्योग वाणिज्य संघको आयोजनामा प्रथम गुल्मी मुसिकोट पर्यटन, सांस्कृतिक,
औद्योगिक एवं व्यापार मेला हुने भएकोे छ ।
गुल्मी मुसिकोटको समृद्धिको आधारकृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मुल नारा सहित प्रथम गुल्मी मुसिकोट महोत्सव
आयोजना गर्न तयारी थालिएको हो ।
आउने माघ १५ देखी २६ गतेसम्म मुसिकोट महोत्सव गरिने भएको आयोजकले जनाएको छ । बैठकले महोत्सव
१२ दिनसम्म सञ्चालन गर्ने, महोत्सव स्थल महेन्द्र आदर्श माद्यामिक विद्यालय पछाडीको जग्गामा गरिने भएको छ ।
महोत्सवमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीसँगै नगरपालिका भित्र रहेका सम्पुर्ण पर्यटकीय स्थलहरु वामीको
शालीमे दह, ताराखसे, बुद्धविहार, कुर्घाको मालिका मन्दिर र स्वाँरा होमस्टे, पौदीअमराइको छत्रभुमी मन्दिर, सीता गुफा,
तिखेचुली, मुसिकोटको मुसिकोट दरवार आदि पर्यटकीय क्षेत्रको प्रचार प्रसारको लक्ष्य राखीएका वाणिज्य संघका अध्यक्ष
सुदर्शन शाक्यले बताए ।
त्यसैगरी नगरपालिका भित्र नाँचीने नेवार समुदायको परम्परागत झाँकी, मालारानीका मगरहरुको भैलो, सराँय नाँच,
सोरठी आदि संस्कृतिको संरक्षण, झिनिया रोटी लगायत विभिन्न जातजातीका खानाका परिकार आदिको प्रचार प्रसार गरी
प्रबद्र्धन गर्ने लक्ष्य राख्दै महोत्सव आयोजना गर्न लागीएको संघका सदस्य ज्ञानहरी सापकोटाको भनाइ छ । महोत्सवकै
अवसरमा मुसिकोट आइडलको कार्यक्रम राखीने छ ।
महोत्सवमा कफीको जननी आँपचौरमा उत्पादन हुने कफी, अर्लाङ्कोटको सुन्तला, तरकारी, मालारानीको माहुरी
लगायत अरू कृषिजन्य सामग्रीहरुको प्रदर्शनी हुने छ । महोत्सवमा १५० स्टल राख्ने तयारी गरिएको छ ।
महोत्सव सञ्चालनको लागि एक मुल समारोह समिति सहित १४ उपसमितिहरु गठन गरिने भएको छ । जसको लागि
नगरपालिकाका नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरु र कर्मचारी, व्यपारी, समाजसेवी आदिलाइ निमन्त्रण गरी आउने मँसिर
११ गते वृहत भेलाको आयोजना गरिएको छ ।