बुटवल ।
बैशाख ४
प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश ५ लाइ
छिट्टै अपाङ मैत्री प्रदेश बनाइने दाबि गरेका छन।
यस्का लागि सबैले हातेमालो गर्नुपर्ने उहाको धारणा छ । राष्ट्रिय अपाङ्ग महासंघको आठौं महाधिबेशनमा
प्रदेश ५ भित्रबाट निर्बा्चित कार्यसमितिलाइ बधाइ तथा शुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै
मन्त्री बरालले हरेक अपाङता भएका व्याक्तिहरुमा फरक प्रकृतिको क्षमता हुने बताए।
उहाले राज्यले उनीहरुको विशेष क्षमतालाई पहिचान गरी क्षमताको उचित कदर र उचित अवसर प्रदान गर्नेमा
ढुक्क हुन समेत आग्रह गर्नुभयो । उहाले हजारौ चुनौतिको सामान गर्दै व्याक्ति सफल हुने भन्दै उक्त सफलताको
पाटोमा अपांगता भएका व्याक्तिहरुको क्षमता साच्चैनै अनुकरणीय भएको बताएका थिए ।